बिमस्टेक लगायतका सङ्गठनहरू भिआइपीहरूको भ्रमणका निम्ति मात्रै प्रयोग भए : प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बिमस्टेक लगायतका सङ्गठनहरूबाट नेपालले लाभ लिन नसकेको बताएका छन् ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले यस्ता सङ्गठनहरूको नेतृत्व गर्नबाट नेपाल चुकिरहेको बताए । उनले नीतिगत नेतृत्व र रणनीतिगत उपयोग गर्न नेपालले नसकेको बताए । उनले यस्ता सङ्गठनहरूलाई भिआइपीहरूको भ्रमणका निम्ति मात्रै प्रयोग हुने गरेको बताए । उनले यस्ता मञ्चहरू राष्ट्रिय हितका निम्ति प्रयोग हुनुपर्नेमा जोड दिए ।
उनले भने ‘वास्तवमा हामीले यस्ता सङ्गठनहरूको नेतृत्व गर्न सकिरहेका पनि छैनौँ । नीतिगत नेतृत्व गर्न सकिरहेका छैनौँ । रणनीतिगत उपयोग गर्न पनि सकिरहेका छैनौँ । खालि यो भिआइपीहरूको भ्रमणका निम्ति सहभागी भएको मात्रै देखिएको छ । त्यसैले राष्ट्रिय हितका निम्ति यस्ता मञ्चहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ? हाम्रो रणनीति के हो त ? यहाँ वडापत्रमा उल्लेख भएका विषयहरूले हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्याउनसक्छ ? वा हामीले यसलाई कसरी उपयोग गर्नसक्छौँ । त्यसकारण यो परराष्ट्र क्षेत्रमा जतिपनि हाम्रो मेकानिजम छ, त्यसले राष्ट्रिय हितमा कति सक्रिय भएर काम गर्न सकेको छ ? दुतावासले कति काम गर्न सकेको छ । त्यो कुरामा हामी निरपेक्ष भएको जस्तो देखिन्छ । सहभागी मात्रै महत्वपूर्ण होइन । लाभ लिने स्थिति बन्नुपर्छ ।’
सांसद पौडेलले राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्याउनसक्छ ? भन्ने विषयमा सोचेर कामहरु गर्न आवश्यक रहेको बताए ।








