आयरल्याण्डसंग खेल्ने नेपाल ‘ए’को प्रारम्भिक टिम घोषणा, को–को परे ? (सूचीसहित)

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’सँग हुने शृंखलाको लागि ४० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएको छ ।

क्यानले सोमबार ४० खेलाडीको नाम सार्वजनिक गर्दै टोलीमा बोलाएको हो ।

टोलीमा देवसहित विनोद भण्डारी, सन्दीप जोरा, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, अर्जुन साउद, विवेक यादव, अर्जुन कुमाल, हेमन्त धामी, सागर ढकाललगायत ४० जना रहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा नेपाल ‘ए’ले आयरल्यान्डसँग तीन खेलको एक दिवसीय (ओडी) र तीन खेलको टी–२० खेल्ने छ । त्यसअघि सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग चैत ११ र १२ गते टी–२० खेल खेल्ने छ ।

त्यसपछि नेपाल ‘ए’ले १५, १६ र १८ गते आयरल्यान्डसँग खेल्ने छ । त्यसपछि एक दिवसीय शृंखला हुने छ । पहिलो खेल चैत २१ मा हुने छ । दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *