माओवादी नेताको घरबाट पक्राउ परेका थिए पूर्वसभामुख महरा

काठमाडौं । रुपन्देहीबाट पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइँदैछ । पक्राउ परेका उनलाई भैरहवा विमानस्थल हुँदै जहाजमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

उनी काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै रुपन्देही पुगेका थिए । बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरेको छ । ‘महरा सर खाना खान जानु भएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,’ प्रहरी स्रोतले भन्यो ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरीको निगरानीपछि महरा आफैँले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं पठाइएको बताए । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

यो पनि : पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =