७ गोल भएको खेलमा लिभरपुल स्तब्ध, म्यानचेस्टर सेमिफाइनलमा
२०८० चैत ५ गते

काठमाडौँ । म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा पुगेका छन् । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा म्यानचेस्टर युनाइटे डले लिभरपुललाई ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा स्कट म्याक टोमिनी, एन्थोनी, मार्कस राशफोर्ड र अमद डिआल्लोले एक एक गोल गरेका थिए । लिभरपुलका लागि एलेक्सिस म्याक अलिस्टर, मोहमद सलाह र हार्भी एलिओटले एक एक गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो । अतिरिक्त समयमा म्यानचेस्टर युनाइटेडले २ गोल गरेको थियो भने लिभरपुलले एक गोल गरेको थियो । यस खेलमा म्यानचेस्टर युनाइटेडका अमाद डियाल्लोले रातो कार्ड पाएका थिए ।
२०८० चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








