चेरी फूलले सिँगारिँदै काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ । यतिखेर ढकमक्क फुलेका चेरी फूलहरूले काठमाडौँ उपत्यकालाई सिँगारिदिएको छ ।

वसन्त ऋतुको आगमनसँगै बर्सेनि यी चेरी फुलहरूले यसरी नै उपत्यकालाई सुन्दर बनाउँछन् ।

भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउमा चेरी फूल ढकमक्कै फूलेका देख्न सकिन्छ । जापानी भाषामा यसलाई ‘साकुरा’ भनिन्छ भने अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ भनिन्छ । यस फूललाई नेपालीमा रैथाने पैँयू र आरुका नामले चिनिन्छ । यो एक प्रकारको रुख हो ।

यस रुखमा फुल्ने फूलले जो– कोहीलाई मोहित बनाइदिन्छ । रसिलो यो फूलमा माहुरीको पनि उत्तिकै प्रेम देखिन्छ ।

यतिबेला यी फूलसँग सेल्फि र फोटो लिने युवायुवती उत्तिकै झुम्मिएका देखिन्छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *