सुन प्रकरण : प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
२०८० चैत २ गते

काठमाडौं । सुन तस्करी सम्बन्धमा प्राप्त प्रतिवेदनको कार्यान्वयन गर्न आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् ।
सुन प्रकरणमा जोडिएका व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गर्न सक्ने बताइएको छ ।
डिल्ली आचार्य नेतृत्वको आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो ।
२०८० चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








