जनार्दन शर्मा भन्छन्– असक्षमताले अर्थतन्त्रमा समस्या आयो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्रोत, साधनहरूको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले हामीसँग भएको पर्याप्त स्रोत, साधनहरूको व्यवस्थापन गर्न नजान्दा अर्थतन्त्र संकुचनमा परेको बताएका हुन् ।
उनले स्रोत, साधनहरूको सही परिचालन, सही उपभोग र सही व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताए ।
उनले नेपालमा अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता भएको बताए ।
संरचना र संस्थाहरू बलियो बनाउनसके परिणाम निकाल्न सकिने उनको भनाई छ ।
उनले देशलाई समृद्ध बनाउनका लागि दश वटा एजेन्डाहरुमा राष्ट्रिय सहमति गर्नुपर्ने बताए ।
उनले एकले ल्याएको नीति र बजेट अर्कोले काट्ने गलत परम्पराबाट देश अगाडी बढ्न नसक्ने बताए ।
उनले राष्ट्रिय सहमतीका साथ अगाडी बढ्ने हो भने देशको समृद्धि सम्भव भएको उनको भनाई छ ।
उनले अर्थतन्त्रमा देखिएका चुनौतिहरुको समाधान हुनेगरी संसदमा छलफल गरेर बजेटको सिद्धान्त र प्राथमिकता परिमार्जन गर्नुपर्ने बताए ।








