अमेरिकाले युक्रेनलाई ३ सय अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गर्ने

एजेन्सी । ह्वाइट हाउसले युक्रेनलाई ३ सय बिलियन अमेरिकी डलरको सुरक्षा सहायताको प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ ।

पेन्टागनको घरेलु हतियार निर्माताहरूसँगको सम्झौतामा लागत बचतबाट सो सहयोग गर्ने बताइएको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ह्वाइट हाउसमा नियमित पत्रकार सम्मेलनका क्रममा उक्त घोषणा गरे ।

सुलिभानले प्रतिनिधि सभाका सांसदहरूलाई बिडेनको पूरक बजेट अनुरोधलाई स्वीकृत गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *