कांग्रेसलाई एमालेसंग मिलेर देखाउन प्रचण्डको चुनौती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौति दिएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेस–एमाले मिले तपाईको हालत के हुन्छ ? भनि काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए ।

जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर सरकार बनाएर देखाउन काँग्रेसलाई चुनौति दिएका हुन् ।

‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिलो पनि भनियो । आज पनि भनियो । मेरो त कामना छ–तपाईहरु मिल्नुस् । सबै मिल्नुस उनले भने‘तपाईहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरी देश र जनताको पक्षमा, संविधानको रक्षामा पक्षमा, राष्ट्रियताको सुदृढिकरणको पक्षमा लडिराख्छ ।’

उनले काँग्रेस एमालेसँग मिल्छ भनेर आफूलाई दबाबमा पार्ने भ्रम नपाल्न पनि काँग्रेस नेतृत्वलाई सचेत गराए ।

‘तपाईहरुलाई लागेको छ–प्रचण्ड त्यसो भनेर डराउँछ भनेर ? नेपाली काँग्रेसका नेता साथीहरुलाई यदि यो लागेको छ भने सबै मिलेर तेरो हालत के हुन्छ भन्ने लागेको छ भने हिजो त तपाईहरु सबै मिलेर टाउको काटन खोज्या हो नि त उनले थपे ‘डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नु हुन्छ–मिल्नुहोस् ।’

‘देउवा एमालेसँग बोल्नुस्, म भन्छु–बोली फर्काउनुस् र बनाउनुस् सहकार्य दुई दलको’ भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आफू त्यसबाट दबाबमा नपर्ने पनि बताए ।

उनले भने– ‘हाम्रो माननीय पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा प्रयोग गर्नु भयो उहाँले एउटा मर्मको साथ । उहाँले प्रयोग गरेको बुझे मैले । र, उतापट्टी माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अव बोल्ने हो भन्नु भयो । बोल्नुस । म भन्छु–बोली फुकाउनुस् । बनाउनुस सहकार्य । माओवादी केन्द्र वा प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दवावमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’

उनले काँग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको लागि प्रश्ताव गरेको र आफूले गृहमन्त्री बनाउँदा बिरोध गरेर दोहोरो चरित्र देखाएको आरोप पनि लगाए ।

‘तिनैलाई प्रधानमन्त्री बनाउन पनि हिडिराखेको कुरा देखिएकै छ । यति धेरै डबल स्टयाण्डरको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार । आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नु पर्छ । यस्तो डबल स्टयाण्डर चल्छ ?’ प्रचण्डले सोधे ।

प्रधानमन्त्री दाहालले देशलाई वृहत्तर हितका लागि एमालेसहितको नयाँ गठबन्धन आफूले बनाएको पनि दोहो¥याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =