राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण
२०८० फागुन २९ गते

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए ।
शपथ ग्रहणपछि उनी सहिद स्मारक लैनचौरमा सहिदको शालिकमा माल्यार्पण गर्न गएका छन् ।
२०८० फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








