प्रहरीद्वारा करिब ५ बिगाहा क्षेत्रमा लगाइएको ‘अफिम खेती’ नष्ट
२०८० फागुन २९ गते

काठमाडौँ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा अफिम खेती नष्ट गरिएको छ ।
सोमबार करिब ५ बिगाहा क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको संयुक्त टोलीले नष्ट गरेको हो । साथै फागुन २९ गते सोही गाउँपालिकाको रुन्चेवाङ्ग ईलाकामा समेत अफिम खेती नष्ट गर्ने कार्य भई रहेको सशस्त्र प्रहरीबल केन्द्रीय कार्यालयले जनाएको छ ।

२०८० फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








