मुटुमा सजाएको मान्छे

मैले मुटुको माझ् सजाएको मान्छे
हौ तिमी
मनै देखि मन पराएको मान्छे
हौ तिमी
म अप्ठ्यारोमा पर्दा होस् या
जिन्दगीदेखि हार खाएको
बेला…
आफ्नै ठानेर भजाएको मान्छे
हौ तिमी
तर ..
आज खोइ कसरी तिमी
बिरानो जस्तो भएको छौ
मेरो मन मिल्ने बर्सौ देखिको
साथी थियौ तिमी
मेरो हर सुख र दुःखको बेला
भारी बिसाउने चौतारी भएको
थियौ तिमी
तर …
खोइ कुन्नि किन आज मबाट टाढा छौ !
हुन सक्छ मबाट अज्ञानतामा
गल्तीहरू भै
तिम्रो भावनामा ठेस पुग्यो होला
चित्त दुखाए हुँला ।
तर..
कहिले तिमीबाट टाढा हुने
रहर थिएनन् मेरा
तै पनि तिमीलाई बुझाउन नसक्दा
तिमीबाट टाढा छु
अनि एउटा अभावको पिडा झेल्दै छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *