बेदको ‘मार्च टु युके’ एक्स्पो आज, विद्यार्थीका लागि सुनौलो अवसर

काठमाडौँ । द वेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीले ‘मार्च टु युके’ एक्स्पो गर्दैछ । बेदको आयोजना र स्टडि ग्रुपको सहकार्यमा आज (मंगलबार) विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ‘मार्च टु युके’ एक्स्पो हुने भएको हो ।

एक दिने शैक्षिक परामर्श कार्यक्रममा युकेका विश्व विद्यालयमा पढ्न जाने विद्यार्थीलाई आवश्यक परामर्श दिनेदेखि निःशुल्क भर्ना दिनेसम्मका कार्यक्रम रहेको द वेद ईन्टरनेश्नल एजुकेशनले जनाएको छ । कार्यक्रममा समावेश हुने विद्यार्थीले विशेष छुटमा आईएलटिस, पिटीईको कक्षा लिन पाउने छन् भने विशेष उपहारको रुपमा घडी, कपसमेत पाउने छन् ।

वेदकाअनुसार कार्यक्रममा समावेश हुने कुनैपनि विद्यार्थीहरूले खाली हात फर्किनु पर्ने छैन । युकेमा पढ्न जाने विश्वविद्यालय तथा शैक्षिक परामर्शका बारेमा विज्ञ किशन अग्रवाल र योर्क सेन्टजोन्स विश्वविद्यालयका रिप्रेजेन्टीभ सुनिल तुलाधरले प्रशिक्षण दिनेछन् ।

सन् २०१२ देखि वैदेशिक अध्ययन सम्बन्धी परामर्श दिँदै वेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सी प्रा.लि सञ्चालन गर्दै आएका सञ्चालक आशिष कार्कीले पनि परामर्श दिनेछन् । न्यूनतम मूल्यमा सुलभ सेवा दिँदै देशभरका विद्यार्थीहरूको मन जित्न सफल वेद ईन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीले उत्कृष्ट परिचय बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *