सोलुखुम्बुमा ३ करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न (तस्बिरहरू)

काठमाडौँ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न भएको छ ।

आइतबार एक कार्यक्रमबीच १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो । पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य मानवीर राईले गरे । कार्यक्रममा पूर्वविदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।

मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने विश्वास दुवै गाउँपालिकाको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आगामी दिनमा गाउँपालिकाको विकासमा आफू पछि नहट्ने बताए ।

त्यस्तै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले नगरपालिकाको आर्थिक विकासदेखि अन्य विकास निर्माणका कामहरु अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले २५ लाख भन्दा मुनिका बजेट स्थानीय तहलाई दिनुपर्ने बताए ।

खानेपानीको समस्या करिब समाधान भइसकेको भन्दै उनले सडकको समस्या पनि समाधान गर्नेतर्फ आफू अग्रसर रहेको बताए । त्यस्तै प्रतिनिधि सभा सदस्य मानवीर राईले संघीय बजेट सो क्षेत्रमा लगाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

मोटेरेबुल पुलले छलाङ्ग मार्ने र पर्यटनमा थप टेवा पुगेको भन्दै उनले गाउँपालिकाको आर्थिक उन्नतिका लागि थप प्रयास गर्ने बताए । उनले पुलले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत मद्दत गर्ने र स्थानीयहरूलाई पनि आवतजावतमा धेरै सहज हुने बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *