बौद्ध स्तूपमा ग्याल्पो ल्होसारकाे रौनक (तस्बिरहरू)

काठमाडौँ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्पाजातिको नयाँ वर्ष शुरु हुन्छ ।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने गर्छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

काठमाडौँमा पनि शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ल्होसार मनाउने गर्छन् । बौद्ध स्तूपमा पनि ग्याल्पो ल्होसार मनाउँदैछ । सरकारले आज ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *