भारतलाई स्तब्ध पार्दै बंगलादेश च्याम्पियन
२०८० फागुन २७ गते

काठमाडौं । भारतलाई टाईब्रेकरमा हराउँदै साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
साबिक विजेता बंगलादेशले प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ ।
पेनाल्टीमा बंगलादेशका मारियम बिन्ता हाना, तानिया अख्तर फोमी र साथी मुन्डाले गोल गरे ।
बंगलादेशबाट पहिलो प्रहारका निम्ति सौरवी अखन्डा प्रीति आएकी थिइन् । उनको प्रहारलाई भारतकी गोलकिपरले विफल बनाइन् । अल्पी अख्तरको प्रहार पोस्टमा लागेर फर्कियो ।
भारतका स्भेता रानी र अन्विता राघुरमनले गोल गरे । भारतका अलिना देवी सरागंथेम, बोनिफिलिया सुुल्लाई र दिव्यानी लिन्डाको प्रहारलाई बंगलादेशकी गोलकिपरले विफल बनाइन् ।
यही मार्च १ देखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टिमको सहभागिता थियो ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








