कांग्रेसको चेतावनी– एमालेले बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाओस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चेतावनी दिएका छन् ।

आईतवार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले प्रतिपक्षमा रहँदा एमाले सांसदहरुले सो विधेयक पुनर्लेखन गर्नुपर्छ भनेकाले सोही मान्यता अनुसार अघि बढ्नुपर्ने बताए ।

सांसद शर्माले नयाँ सत्तासमिकरण भत्काउने खेल भईरहेको भन्ने काम सत्तारुढ दलहरुबाटै आएको उल्लेख गर्दै ती शक्ति किटान गर्न पनि आग्रह गरे ।

उनले माओवादी केन्द्रले सत्ता राजनीतिमा पनि बालहठ देखाइरहेको आरोप पनि लगाए ।

सांसद शर्माले भने, ‘तत्कालीन माननीय अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८१ सदनमा प्रश्तुत गरेपछि यो ठिक भएन, पुनर्लेखन गर्नुपर्छ भनि एमाले पार्टीका सांसद मित्रहरुले उठाएका आवाज मेरो कानमा आज पनि ठोक्किइरहेको छ । आज म स्वयं यस रोष्टममा उभिएर सक्नुहुन्छ भने पुनर्लेखन गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।’

सांसद शर्माले संविधान मिच्ने र त्यसको बिरोधमा सडक आन्दोलन गर्नेहरुबीचको नयाँ सत्ता समिकरणले आफूहरु अचम्ममा परेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =