राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत
२०८० फागुन २७ गते

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न नेपाली कांग्रेसले गरेको प्रस्ताव अस्वीकृत भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो ।
यसअघि नै सो निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
अध्यक्षका लागि भोलि उम्मेदवारी दिनुपर्ने कार्यतालिका रहेपनि राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने लगाइसकेका छैनन् ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








