नेपाल आइडल सिजन ५ आजदेखि सुरु

गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण आजबाट सुरु भएको छ। साँझ ८स् ३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुन्छ। सातै प्रदेशमा अडिसन भएको थियो ।

कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए । निर्देशक पौडेलका अनुसार यो सिजनले दर्शकलाई भरपुर मनोरञ्जन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजी गर्नेछ ।

नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ । अहिले नेपाली संगीत जगदम राज गरिरहेका अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलकै उत्पादन हो ।

नेपालमा अन्य गायन रियालिटी शोहरु भए पनि नेपाल आइडलले छुट्टै पहिचान बनाएको छ । ‘सिजन ५’ मा ‘सिजन २’ का प्रस्तोता र जजहरु एकत्र भएका छन् । त्यसैले पनि यो सिजनको चर्चा राम्रो भइरहेको छ । जजका रुपमा न्य्हू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सन्चाल गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *