नेपाली सेनाको २६१औं वार्षिकोत्सव

टुँडिखेलमा मनाइयो २६१ औं सेना दिवस (तस्बिरहरू)

काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सव टुँडिखेलमा विशेष समारोह गरि मनाएको छ ।

शुक्रवार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ नेपाली सेनाले वार्षिकोत्सव मनाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।

सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

हेर्नुहोस् तस्बिरहरू :

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *