१७ औं महाशिवरात्रि विश्व संगीत महोत्सव हुँदै

काठमाडौं । महाशिवरात्रिको अवसरमा काठमाडौं र पोखरामा १७ औ संस्करणको महाशिवरात्रि विश्व संगीत महोत्सव २०२४ आयोजना हुने भएको छ ।

नमस्ते व्याण्डले आयोजना गर्न लागेको महोत्सव काठमाडौंमा आज शुक्रवार र पोखरामा भोली शनिवार हुँदैछ ।

महोत्सवको अवसरमा नमस्ते ब्याण्डको ३५ औं वार्षिक उत्सव समेत मनाइने आयोजकले जनाएको छ ।

महोत्सवमा चर्चित नेपाली ब्यान्डहरूको सहभागिता रहने छ ।

नमस्ते व्याण्डका संयोजक ईश्वर गुरुङले नेपालीको चिनारी, नेपाली सङ्गीत, कला, साहित्य र संस्कृति पर्यटन प्रवर्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको बताए ।

उनले अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिको आदान प्रदानका साथै सङ्गीतकर्मीहरूको एकता सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले नमस्ते व्याण्ड स्थापना भएको बताउँदै यस संस्थाले कला र संगीतमा उल्लेख्य प्रगति गरेको समेत स्मरण गरे ।

उनले विगतका वर्षहरूमा जस्तै नमस्ते व्याण्डले आफ्नो वार्षिक उत्सवमा विश्व संगीत महोत्सव आयोजना गरिएको मकालुखबरलाई जानकारी दिए ।

‘३५औं वार्षिक उत्सव र महाशिवरात्रिको अवसरमा नमस्ते व्याण्ड (नेपाल जापान)को साथमा हामीले यो महोत्सव आयोजना गरेका हौँ’ उनले भने ‘महोत्सव २०२४ काठमाडौँ र पोखरामा भव्यरुपले सम्पन्न गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *