पाशुपत क्षेत्रमा १२ ठाउँबाट सवारी डाइभर्सन, कहाँ जान कुन रुट ?

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने दर्शनार्थीलाई मध्यनजर गर्दै प्रहरी ट्राफिक व्यवस्थापन गरिएकाे  छ । शिवरात्रिका दिन पशुपति जाने दर्शनार्थीहरूको भिड बढ्ने भएकोले सवारी साधनलाई डाइभर्सन गरिएकाे प्रहरीले जनाएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिएकाे छ। मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिएका छन् । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु: 

– चाबहिलबाट गौशालातर्फ।

– पुरानो बानेश्वरबाट गौशालातर्फ।

– ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ।

– द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग।

– सिफल चौरबाट जयबागेश्वरीतर्फ।

– लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ।

– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ।

– तिलगंगाबाट गौशालातर्फ।

– मालबावहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ।

– जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ।

– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग।

– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ।

तर, मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन
-कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्वतर्फ सञ्चालन हुने।

– कोटेश्वर तीनकुने हुँदै पशुपति वरपरतर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यवस्थापन गरिने।

– महाराजगञ्ज, चाबहिल हुँदै पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने।

– कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु
– सिफल चौर (दर्शानार्थीहरुको)

– कोषको कार्यालय -सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु

– भण्डारखाल -सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु

– तिलगंगाको खाली स्थान र करिडोरमा -तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु

– वनकाली -शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु

– गृहेश्वरी पारी -तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *