लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा सुरु

काठमाडौं । सुर्खेतमा लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले चौथो सम्मेलनको उद्घाटन गरे ।

कार्यक्रममा उनले संवैधानिक निकायमध्ये लामो इतिहास बोकेको आयोगले आफूबाट सम्पादन हुने कार्यमा योग्यता प्रणालीको स्थापना, प्रवर्द्धन, र सम्वर्द्धन गर्न र यस मातहतका कार्यालयमा आवश्यकता अनुसार समन्वय, सहकार्य र सहजीकरण गरी आपसी कार्यगत सम्बन्ध एवं समन्वयलाई कार्यरुप दिनका लागि राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *