सत्तामा नगएका लिङदेनले भने– हाम्रो आन्दोलनका लागि अनुकुल वातावरण बन्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकुल बन्दै आएको बताए ।
उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए ।
उनले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।
उनले राप्रपाको व्यवस्था परिवर्तन मुल मुद्दा रहेको बताए ।
उनले भने– ‘हामीले आन्दोलनको शुरुवता ग¥यौँ, त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झन भन्दा झन हाम्रो लागि अनुकुल बन्दै आएको छ । आन्दोलनका लागि ठिक वातावरण बनेको छ । हामीले भनेका थियौँ की, अहिले नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो मान्छे फेरेर मात्रामा फरक पर्ला, अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला । तर यो व्यवस्था नै त्यस्तो छ की यो व्यवस्था रहेसम्म हामीले सुशासन, विकास र समृद्धिको कल्पना गर्न सक्दैनौँ । त्यसकारण अब समस्या व्यक्तिमा मात्र होइन, नेतृत्वमा मात्रै होइन, व्यवस्थामै भएको हुनोल व्यक्ति परिवर्तन गौण हो, व्यवस्था परिवर्तन मुल मुद्दा हो भनेका थियौँ । त्यो अहिले देखिएको छ । यो व्यवस्था रहेसम्म देशमा जे भइरहेको छ, त्यस्तो भइरहन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछ भन्ने जनतालाई लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएका छन् ।’
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको बताए ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताए ।








