सुमना श्रेष्ठ बनिन् शिक्षा मन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो ।

बालुवाटार स्रोतकाअनुसार पार्टीले उपप्रधान र गृह सहित ४ वटा मन्त्रालय पाएको छ ।

जसमा उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ बन्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =