कुशल मल्लले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपालका लागि कुशल मल्लले दुई विकेट लिए ।

नवौं ओभरमा नेपालका कुशल मल्लले म्याक्स ओ’डाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।

यससँगै नेपालले नेदरल्यान्ड्सको ८३ रनको पहिलो विकेटको साझेदारी तोड्न सफल भयो ।

यहि ओभरको पाँचौं ओभरमा कुशलले माइकल लेभिटलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।

नेदरल्यान्ड्सले त्यतिबेला ८.५ ओभरमा ८४ रन जोडेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =