समर्थन फिर्ता लिँदै कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

काठमाडौं । कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीले राजीनामा दिएका छन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनुअघि तीनै मन्त्रीले आफ्नो कार्यकालमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *