कप्तान रोहित २५ रनमा आउट, नेपाललाई दोस्रो झड्का

काठमाडौं । टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरूद्धको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेल २५ रन जोडेर आउट भएका छन् । रोहित दशौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे ।

आउट हुनुअघि उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यतिबेला नेपालले ८२ रन जोडेको थियो ।

त्यसअघि नेपालले चौथो ओभरमा पहिलो विकेट गुमायो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =