शालीन मृत्यु प्रकरण : पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत चितवनले छात्रावासमा मृत्यु भेटिएकी शालीन पोख्रेलको घटनामा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतले पक्राउ परेका विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक र होस्टेल वार्डेनलाई थप अनुसन्धानका लागि सोमबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
चितवन रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो ।
प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार (फागुन १५ गते) पक्राउ गरेको थियो ।
अदालतले अनुसन्धानको लागि उनीहरूलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।








