साफ यू–१६ महिला च्याम्पियनसिप
भुटानमाथि नेपालको शानदार जित
२०८० फागुन २१ गते

काठमाडौं । साफ यु–१६ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ ।
आज च्यासल रङ्गशालामा भएको खेलमा नेपालले ३–० गोलले भुटानलाई हराएको हो ।
नेपालको लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले गोल गरे ।
च्याम्पियनसिपको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो ।
नेपाललाई बंगलादेशले २–० गोलले पराजित गरेको थियो ।
अब नेपालले समूहको अन्तिम खेलमा बिहिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणमा शीर्ष दुईमा पर्ने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








