वैभव गुप्ताले जिते ‘इन्डियन आइडल १४’

काठमाडौँ । ‘इन्डियन आइडल १४’ को विजेता वैभव गुप्ता बनेका छन् ।

आइतबार राति भएको ग्राण्ड फिनालेमा शीर्ष ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

जसमा कानपुरका वैभव गुप्ता विजेता बनेका छन् भने शोमा शुभदीप दास फर्स्ट रनरअप, पियुष पन्वार सेकेन्ड रनरअप र अनन्या पाल थर्ड रनरअप बने ।

त्यस्तै विजेता वैभव गुप्ताले उपाधिसँगै २५ लाख भारू र मारूतिको ब्रेजा कार पाएका छन् । फर्स्ट रनरअप शुभदीप र सेकेन्ड रनरअप पियुषले पनि ५र५ लाख भारू पाएका छन् । साथै थर्ड रनरअप अनन्याले ३ लाख भारू पुरस्कार पाइन् ।

शोको जजमा विशाल ददलानी, कुमार सानू र श्रेया घोषाल थिइन् । शोको ग्राण्ड फिनालेमा सोनू निगम र नेहा कक्कड विशेष जजका रुपमा उपस्थित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *