एकैदिन २ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) एकैदिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुनको मूल्य आज २ हजारले बढेर १ लाख २१ हजार पुगेको हो ।

तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =