समीक्षा अधिकारी भन्छिन्– मायाको नाटक गर्ने बलात्कारी छन्

काठमाडौं । गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले दुई प्रकारका बलात्कारीको टिप्पणी गरेकी छन् ।

‘१. माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् , २. जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् ’गायिका अधिकारी भन्छिन्, ‘यी दुवै फाँसीका लायक छन् ।’

उनले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न पनि सरकारसँग माग गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *