प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई नियुक्त

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले प्रसाईँलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको श्री बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् ।

प्रसाईँसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चात् बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेको थियो ।

२०८० फागुन १८ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले प्रसाईँलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ति प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *