नामिबियाविरूद्ध दबाबमा नेपाल, ७२ रनमा गुम्यो ४ विकेट

काठमाडौं । जारी टी–२० क्रिकेट सिरिजमा नामिबियाविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दुबै ओपनरसहित ४ विकेट गुमाएको हो ।

९ ओभरको खेल सकिँदा ओपनर आसिफ शेख, अनिल सा, रोहित पौडेल, गुल्सन झा आउट भएका हुन् ।

अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए ।

यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए ।

सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए ।

उनले १७ बलमा ३ छक्का प्रहार गरे ।

अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे ।

त्यतिबेला नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो ।

सिरिजका सुरुवाती दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो ।

टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *