डिभोर्स गर्दै म्याकुरी र सुम्निमा, सम्पत्तिमा मिलेन कुरा !

काठमाडौं । पवन खतिवडा म्याकुरी र सुम्निमाको सम्बन्धविच्छेद हुने भएको छ । उनिहरु दबै जनाले सम्बन्धविच्छेद गर्ने सहमति गरेका हुन् ।

लामो समयको आपसी कलहपछि उनीहरु दुवै डिभोर्स गर्न लागेको उनि निकट एक कलाकारले जानकारी दिए ।

पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् ।

तर, अहिले उनीहरु दुवैले थप तिक्तता बढाउनुको साटो अदालत जाने भद्र सहमति गरेका हुन् । निकट स्रोतका अनुसार आइतबार उनीहरुको डिभोर्स केस फाइल हुन सक्ने छ ।

पवन आज पनि वकिल लिएर जिल्ला अदालत पुगेका थिए ।

पवनले सुम्निमाको तर्फबाट डिभोर्स केस फाइल गर्न आग्रह गरेका थिए । कानूनी व्यवस्था अनुसार श्रीमतीले डिभोर्स मागेमा प्रक्रिया छोटो र सरल हुन्छ । तर, सुम्निमा आफैंले मुद्दा हाल्न तयार भएकी छैनन् । त्यसैले पवन स्वयम्ले डिभोर्सका लागि निवेदन दिन लागेका हुन् ।

सुम्निमा र पवनको विवाह २०७८ साल असोज १८ गते भएको थियो ।

प्रतिक्रिया

One thought on “डिभोर्स गर्दै म्याकुरी र सुम्निमा, सम्पत्तिमा मिलेन कुरा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *