साफ यु–१६ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । साफ यु—१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ ।

फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताए ।

उनले प्रतियोगिताको सम्पूर्ण युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ ३ सय रुपैयाँ कायम गरिएको पनि प्रवक्ता साहले बताए ।

प्रतियोगिताका लागि नेपालसहित भारत, बंगलादेश, भूटानको टिम नेपाल आइसकेको छ । सहभागी टोलीले च्यासलर सातदोबाटोमा अभ्यास गर्नेछन् ।

प्रतियोगिताका लागि २ करोड १२ लाख २० हजार ९ सय बजेट अनुमान गरिएको पनि प्रवक्ता साहले बताउनु भयो ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भूटान गरी चार टिम सहभागी रहेका छन् ।

प्रतियोगितामा उद्घाटन खेल फागुन १८ गते भूटान र भारतबीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =