‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न (तस्बिरहरू)

काठमाडौँ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न भएको छ ।

काठमाडौंको कला परिषद्मा फागुन ५ गतेदेखि प्रदर्शनी सुरु भएको प्रदर्शनी (आज) बुधवार सम्पन्न भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत फागुन ५ गते प्रदर्शनीको शुभारम्भ गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गरे ।

आयोजककाअनुसार प्रदर्शनीमा विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश रहेका दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । उनकाअनुसार सुरुमा ४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरूको वर्कसप खोटाङमा पाँच दिने लाइभ पेन्टिङ भएको बताए ।

सो प्रदर्शनीपछि अन्य देशका चित्रकारहरूसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारहरूले कारेका चित्रहरू प्रदर्शनमा राखेको बताए । चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवर्द्धन गर्ने र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखेको बताए ।

उनले भने ‘४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरूको वर्कसप खोटाङमा वर्कसप गरेका थियौँ, त्यो पाँच दिने लाइभ पेन्टिङ भएको थियो । दिक्तेल आसपासमा चित्र कोर्नुभयो । यो बीचमा अन्य देशसँग पनि सम्पर्क गरेर ५१ देशका १३७ जना चित्रकारहरूले बनाउनुभएका चित्र छन् । फागुन ५ गतेबाट शुभारम्भ भएर आज सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नुभएको छ । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवर्द्धन गर्न चाहन्छौँ । २१३ वटा चित्र रहेका छन् । यी चित्र दिक्तेल लगेर सङ्ग्रहालयका रुपमा विकास गर्नेछौँ । दिक्तेल पेरिफेरिका छन् । साथै जिल्लाभरका पनि छन् । हाम्रो नगरपालिका र खोटाङ जिल्लाका ऐतिहासिक तीर्थस्थलको चित्र छ ।’

प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा सङ्ग्रहालयका रुपमा विकास गर्ने बताए । उनले दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थलहरूलाई चित्रमा उतारिएको बताए ।

अन्य तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *