नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाए लगत्तै आउट भए रोहित

नेदरल्यान्ड्सविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

अर्धशतक प्रार गरे लगत्तै रोहित आउट भए ।

रोहितको यो छैटौं टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।

चार विकेट गुमाइसकेको नेपालका लागि कुशल मल्ल ११ रनमा आउट भए ।

त्यसअघि ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भए ।

नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =