साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल खेल्न नपाउने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहिवार राति हुने फाइनल खेल गुमाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

एन्फाले विज्ञप्ति जारी गरेर साम्बाको अनुपस्थिति निस्सन्देह महसुस हुने बताएको छ । उनको अभाव खड्कन नदिन टोलीलाई पूर्ण रुपमा तयार पार्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,टोलीका प्रत्येक सदस्य यस अवसरमा उठ्न र सावित्राको अनुपस्थितिले छोडेको शून्यता भर्न तयार छन्। हामी सावित्राको व्यावसायिकता र समर्पणको लागि प्रशंसा गर्छौं र हाम्रा प्रशंसकहरूलाई सावित्राको क्लबप्रतिको प्रतिबद्धता र उनको अनुबंधात्मक दायित्वहरू बुझ्न र सम्मान गर्न आग्रह गर्दछौं। हामी च्याम्पियनसिप उपाधिको खोजीमा अडिग रहन्छौं र तपाईंको निरन्तर अटुट समर्थन र प्रोत्साहनमा भरोसा गर्दछौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *