हंगेरी सांसदद्वारा स्विडेनको नाटो प्रस्तावलाई अनुमोदन

एजेन्सी । हंगेरीका सांसदहरूले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल हुन स्विडेनको प्रस्तावमा एक विधेयकलाई अनुमोदन गरेका छन् । संसदका १९९ सांसदमध्ये १९४ जना सहभागी भएका थिए । जसमा पक्षमा १८८ र विपक्षमा ६ मत परेको थियो ।

विपक्षी दल अवर होमल्याण्डका इलोड नोभाक त्यसको विपक्षमा मतदान गर्ने ६ सांसदमध्ये एक थिए ।

सोमवारको अनुमोदनसँगै, हंगेरी ३१ नाटो सदस्य देशहरूमध्ये अन्तिम बनेको छ । जसले स्विडेनको सैन्य गठबन्धनमा सामेल हुने प्रस्तावलाई अनुमोदन गरेको छ । जुलाईमा वाशिंगटन डिसीमा हुने अर्को शिखर सम्मेलनमा स्विडेन आधिकारिक रूपमा गठबन्धनको ३२ औं सदस्य बन्नेछ । हंगेरीका नवनिर्वाचित राष्ट्रपति तामस सुल्योकले कानुन बन्नका लागि उक्त विधेयकमा हस्ताक्षर गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *