मंगलबार कति छ सुनचाँदीको मूल्य ?
२०८० फागुन १५ गते

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भईरहेको छ ।
आज तेजावी सुन तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३८० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८० फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








