‘बादलभित्र..’मा दिनेश विष्ट र हिरको रोमान्स (भिडियोसहित)

काठमाडौं । प्रेमिल गीत ‘बादलभित्र..’ गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । चर्चित गायक/गायिका अञ्जु पन्त र प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन् ।

बागलुङको ढोरपाटन, पोखराको फेवाताल लगायत पर्यटकीय गन्तव्यमा छायाँकन गरिएको म्युजिक भिडियोमा विष्ट र शाहीको रोमान्स देख्न सकिन्छ ।  विष्ट र शाहीको जोडी पछिल्लो समय जम्दै गएको छ । ‘मायाको खेलमा…’ गीतको म्युजिक भिडियोमा पनि उनीहरूको अभिनय थियो ।

विष्णु भण्डारीको शब्द रहेको ‘बादलभित्र…’ मा अर्जुन पोखरेलले संगीत भरेका हुन् भने एरेन्ज कुशल सिंहले गरेका हुन् । विक्रम चौहानको निर्देशन एवं रहेको म्युजिक भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् । सम्पादन र ग्राफिक डिजाइन लक्ष्मण चौहानको रहेको छ । निर्देशन एवं गायन क्षेत्रमा पनि रहेका विष्ट पछिल्लो समय अभिनयमा व्यस्त छन् ।

विष्टले यसअघि ‘राजारानी,’ ‘हाँसीहाँसी’, ‘माया खेलैमा’ लगायत गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘मायाको खेलैमा’ गीतमा शान्ति श्री परियार र दिनेश विष्टको स्वर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *