भृकुटीमण्डपमै बित्छ मिटर ब्याज पीडितको रात (तस्बिरहरू)

काठमाडौँ । सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटर ब्याज पीडितहरू रात भृकुटीमण्डपमै बित्ने गरेको छ । न्याय मार्चमा रहेको उनीहरु तीन दिनअघि काठमाडौं पुगेका थिए । भृकुटीमण्डप भित्रको प्रदर्शनी कक्ष परिसर उनीहरु बसिरहेका हुन् ।

मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो ।

सरकारले आइतबार वार्तामा बोलाएपछि उनीहरुले विरोध प्रदर्शन गरेनन् । आज पनि वार्ता हुने भएपछि पीडितहरू न्यायका आसमा भृकुटीमण्डप आसपासमै बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *