केपी ओली कप : एनआरटीसँग थ्रि स्टार स्तब्ध

काठमाडौं । केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले थ्रिस्टार क्लवलाई १–०ले पराजित गरेको छ ।

जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे ।

उनको गोल नै जितका लागि निर्णायक बन्यो ।

आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्री स्टार क्लव प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लव विजयी भएको थियो ।

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टिम सहभागी छन् ।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टिमबीच प्रतिष्पर्धा हुँदैछ । फाइनल खेल फागुन १९ गते हुनेछ ।

विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =