भक्तपुर, उदयपुर र पाँचथरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँ । पाँचथर, फाल्गुनन्द गाउँपालिका–१ नर्कटेस्थित सडकमा पार्किङ गरी राखेको को.२ प २१८४ नम्बरको मोटरसाइकलमा शनिबार दिउँसो आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका–१० बासँबारी बस्ने राज कुमार उदासको घर नजिकै रहेको परालको टालमा शनिबार दिउँसो आगलागी हुँदा पराल र नजिकै रहेको ब्रोईल कुखुरा फर्म आंशिक रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–६ भिमसेन चोकस्थित सडक छेउमा पार्किङ गरी राखेको बा.८३ प २५२८ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =