हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनीमागस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ ।

मार्क्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ ।

यसैगरी पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार, सात हजार पाँच सय र पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

सान्त्वना स्थान प्राप्त गर्नेले दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ ।

विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *