राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यका लागि रिसाल र ज्ञवालीले शपथ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा।डा।रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

सञ्चालक समितिका नवनियुक्त सदस्यहरू रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सञ्चालक समितिका नवनियुक्त सदस्यहरू रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *