म्याकुरीले भने- ‘डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ’

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफू श्रीमतीबाट पीडित भएको स्पष्टोक्ति दिएका छन् । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’का कुराकानी गर्दै कलाकार अतिवडाले आफू श्रीमती सुम्निमा खालिङबाट पीडित भएको स्पष्टोक्ति दिएका हुन् ।

उनले घरेलु हिंसाको आरोपको खण्डन पनि गरे । अर्को युवतीलाई गर्भवती बनाएको भनेर सुम्निमाले लगाएको आरोपमा कुनै तथ्य नभएको उनको दाबी छ । शुक्रकिटमा समस्या देखिएकाले हाल आफू बाउ बन्न योग्न नरहेको उनले खुलाए । ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ,’ उनले भने ।

सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकार गरेका छन् । सुम्निमाले सुन किन्न पैसा मागेर नक्किली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको दाबी छ ।

सुम्निमाले आफू कुलतमा नफसी पवनले सुधार केन्द्रमा राखेको आरोप लगाएकी थिइन् । उनले यो आरोप पनि सत्यभन्दा टाढाको रहेको दाबी गरे । मदिरामा खाएर घर-टोलमा ‘बबाल’ गर्न लागेपछि सुधार केन्द्रमा लगेको उनले बताए । दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा रहँदै उनी मिडियामा आएको पवनको दाबी छ ।

कलाकार खतिवडाले डिभोर्स गर्ने र त्यसपछि बिहे नै नगर्ने पनि बताएका छन् । पत्रकार ऋषि धमलाले डिभोर्स गरिसकेपछि अब तपाईं विवाह गर्नुहुन्न ?’ भनेर सोध्दा, पवनले ‘गर्दिनँ’ भनेका छन् । ‘विवाह गर्नु नै गलत थियो ?’ भन्ने प्रश्नको जवाफमा उनले ‘थियो’ भनेका छन् भने ‘प्रेम गर्नु नै गलत थियो ?’ भन्दा पवनको जवाफ ‘हो’ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *