माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ ।

उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् । यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरू बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु नपर्ने बैंकले जनाएको छ ।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ ।

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिनेछ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैंक सम्म पुग्नु पर्ने झन्झट हटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *